काठमाडौं । पोखरा भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूण केबलकार चढि सोमबार साँझ सराङकोटसम्म यात्रा गरेकी छिन् ।
हिजाेसाँझ केबलकारबाट सराङकोट पुगेकी राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन्। पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।
सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरमदृश्य नियाल्नका लागि प्रख्यातसराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन भएको हो ।
केवलकारको माथिल्लो स्टेसनमा भ्युटावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफीसप, जिपलाइन, स्काइसाइक्लिङ र स्वीङ संचालनमा छन् ।
तपाईंको प्रतिकृया




