काठमाडाैँ । केएनपी जापान प्रालि, कान्साई पेन्टस् जापानको सहायक कम्पनी हो । यो नेपालको अग्रणी पेन्ट ब्रान्डहरु मध्येमा पर्दछ । कम्पनीले यसपाली पनि आफ्नो ‘पर्व सँगै रङ्गमा दङ्ग’ नाराका साथ चाडपर्व अफर ल्याएको छ ।
यो ग्राहक केन्द्रित अफर, विशेषगरी चाडपर्वको लागि न्युनतम रु ७५ हजारको खरिदसम्मा लागु हुने जाएको छ । जनु इम्प्रेशन २४ क्यारटे वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वाशेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिने छ ।
अर्कोतर्फ, यो चाडपर्वमा, ग्राहकले केएनपी नेरोल्याक बाट तीनवटा विशेष उपहार पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीले माथि उल्लिखित मापदण्ड पूरा गर्ने हरके खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार हो ।
त्यसैगरी, दोस्रो उपहार अझै बेसी रोमाञ्चक हुन जान्छ किनभने कम्पनीले ५० जना ग्राहकलाई स्मार्टवाच उपलब्ध गराउनेदाबी गरेको छ भने अन्तिममा रु ५ लाखको एक जनालाई बम्पर उपहार पनि रहेको छ । यी दुई उपहारका विजेता लक्की ड्रमार्फत तय गरिनेछ ।
केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ । सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफर ल्याउने कम्पनीको दाबी रहेको छ ।
प्रतिकृया दिनुहॊस