वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रा.लिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा नि:शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल जुस लगायतका सेवा प्रदान गरेको थियो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई १५० जना स्वयम्सेवकहरूले ८ स्थानमा सेवा प्रदान गरेको सिमेन्टले जानकारी दिएको छ ।

स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गरी दुई हजार जनाले सेवा लिएको सिमेन्टले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री