३ जनामाथि एसिड प्रहार गर्ने व्यक्ति २२ लिटर एसिडसहित पक्राउ

काठमाडाैं । आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान दार्मा गाउँपालिका ३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावत रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगन्ज पठाइएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा …

प्रतिकृया दिनुहॊस