काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यघटेको छ
सोमबार प्रतितोला ९७ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ७ सय रुपियाँले घटेर ९६ हजार ७ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपियाँ कायम भएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार आज चाँदी तोलामा १५ रुपियाँले घटेर प्रतितोला १२ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघका जनाएको छ ।
तपाईंको प्रतिकृया




