लुप नेटवर्क्स लिमिटेडले आइपिओ जारी गर्दै

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैँ । लुप नेटवर्क्स लिमिटेडले आइपिओ निष्काषन गर्दै छ। विगत ६ वर्षदेखि इन्टरनेट सेवा प्रदायकको रूपमा काम गर्दै आएकाे यस कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) जारी गर्न लागेकाे कम्पनीले जनाएकाे छ।

गत साउन ४ गते कम्पनटीले नेपाल दूर सञ्चार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको इजाजत पत्र प्राप्त गरेको हो। कम्पनीले आइपिओ कहिले गर्ने भनेर मिति भने अझै ताेकेकाे छैन्।

यस कम्पनीले छिमेकी मुलुक भारत र चीनसँग सिधै ब्याण्डविथ कनेक्टिभिटी प्राप्त गर्ने भएको छ। नेटवर्कसले ब्याण्डविथ कनेक्टिभिटीको लागि भारतको नेटवर्क्स सेवा प्रदायक कम्पनीसँग प्रारम्भिक छलफल चलिरहेको लुप नेटवर्कसले जानकारी दिएको छ। साथै नेटवर्कले चाडै सेवा सुचारु गर्ने पनि जनाएको छ।

उक्त कार्य पश्चात लुप नेटवर्क्स लिमिटेडले स्वदेशी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई गुणस्तरीय ब्याण्डविथ सुपथ मूल्यमा उपलब्ध गराउन सक्ने दाबी गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री