प्रतिनिधिसभा बैठक : यस्ता छन् आठ बुँदे सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक शुरु हुनेछ । संसद् सचिवालयले आजको बैठकका लागि विभिन्न आठ बुँदे सम्भावित कार्यसूची तय गरेको छ ।

सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री शर्माले नै ‘बिमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सम्भावित कार्यसूचीमा राष्ट्रियसभाको सन्देशसहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निणर्यार्थ प्रस्तुत गरिने उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री