काठमाडौं। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा एमाले एक्लैले ३९ सिट जित्ने दाबी गरेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा भट्टराईले सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने दावी गरेका हुन् ।
‘सबै दल मिले पनि १६५ क्षेत्रमध्ये ३९ सिटमा एमाले जित्छ । ७० सिटमा कडा प्रतिस्पर्धा हुन्छ,’ उनले भने । बढी प्रतिस्पर्धा रहेको ७० निर्वाचन क्षेत्रमा पनि चुनाव माहोल बनाउन प्रयास थालिएको उनले बताए । उनले स्थानीय तह निर्वाचनको मतलाई उदाहरण दिँदा आम निर्वाचनमा पनि एमालेले लोकप्रिय मत पाउने दाबी गरे ।
तपाईंको प्रतिकृया




