सुरक्षाकर्मी चढेको जीप दुर्घटना, प्रहरी लक्ष्मण पुनको मृत्यु

काठमाडौँ । रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ।  भ्यान दुर्घटनामा घाइते प्रहरी लक्ष्मण पुनको मृत्यु भएकाे हाे । पुथाउत्तरगंगा गाउँपालिका -११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएको थियो ।

दुर्घट्नामा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए । गम्भीर घाइते भएका प्रहरी जवान लक्ष्मण पुनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको थियो । घाइतेहरुको नेपालगञ्जमै उपचार भइरहेको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा कार्यरत थिए । लु १ झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका थिए ।

अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारीसहितको टोली भने अर्को गाडीमा सवार रहेका थिए । सडकदेखी करिब १ सय मिटर तल खसेको भ्यान दुर्घटना हुनुको कारण भने खुलेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री