घाँटी थिचेर २३ वर्षीया गर्भवती श्रीमतीको हत्या

काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा एक पुरूषले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेका हुन् ।

बिहान ३/४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शङ्काको आधारमा घाँटी थिचेर मारेको बताएका छन् ।

मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस