भुवन केसीविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाे छ । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीकाे नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका हुन् ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड रहेकाे भएपनि केसीकाे अध्ययन प्रमाणपत्र तह मात्रै भएकाे भन्दै उनीहरूले मुद्दा दायर गरेका हुन् । रिटबारे साेमवार प्रारम्भिक सुनुवाइ हुने भएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस