काठमाडौँ । काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले आगामी निर्वाचनमा गठबन्धन नगर्नु राम्रो हुने बताएकी छिन् ।
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी समेत रहेकी उनले बुधबार सामाजिक सञ्जालमार्फत् आउँदै गरेको संसदीय चुनावमा दलहरुले आ-आफ्नै पार्टी र चुनाव चिन्हबाट गठबन्धन नगरी उम्मेदवारी दिनु उपयुक्त हुने बताएकी हुन् ।
सत्ता गठबन्धनको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसले यसअघि केन्द्रीय समिति बैठकबाटै गठबन्धन गरेर चुनावमा जाने निणर्य गरिसकेको छ भने नेता प्रकाशमान सिंह गठबन्धनबाटै उम्मेदवार बन्ने दौडधुपमा छन् । तर काठमाडौं महानगरपालिकाको मेयरमा गठबन्धनबाटै उम्मेदवार बनेकी सिर्जनाले भने एक्लै लड्नु पर्ने धारणा राखेकी हुन् ।
‘राजनीतिक कुरा गर्न मन लाग्यो, आउँदै गरेको संसदीय चुनावमा आ-आफ्नो पार्टी आफ्नै चूनाव चिन्ह र गठबन्धन नगरी सबैले आ-आफ्ना उम्मेदवार उठाऔँ । बरू बहुमत नआए गठवन्धन गर्दा हुन्छ,’ उनले ट्वीटरमा लेखेकी छिन्, ‘स्थानीय चुनावमा देखेको भोगेको गठबन्धनले अन्यौल र अस्त व्यस्त बाहेक केही गर्दैन ।’
राजनीतिक कुरा गर्न मन लाग्यो ..आउदा गरेको संसदीय चूनावमा आ-आफ्नो पार्टि आफ्नै चूनाव चिन्ह र गठबन्धन नगरी सबैले आ-आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठवन्धन गर्दा हुन्छ ।
प्रतिकृया दिनुहॊस