जिप दुर्घटनाहुँदा एकको मृत्यु

झापा । झापाको झिलझिलेमा भएको सडक दुर्घटना परी एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की छन् ।

त्यस्तै,चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई आज बिहान  ३ बजे सडकमै पल्टिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री