नर्भिकले बनाएको अवैध निर्माण भत्काउने निर्णयबाट पछि हटे बालेन

काठमाडौँ । नर्भिक अस्पतालले बनाएको अवैध निर्माण भत्काउने निर्णयबाट काठमाडौँ महानगरपालिकाका पछि हटेको छ । अस्पताल प्रशासन र मेयर बालेन शाहबिच माैखिक सहमति भएपछि महानगर अवैध निर्माण हटाउने निर्णयबाट पछि सरेकाे हाे ।

इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ ।

अस्पतालले बिरामीको उपचारका लागि चाहिने अत्यावश्यक र संवेदनशील सामग्री राखिएको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएपछि टहरा तत्काल नभत्काइने भएकाे हाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री