महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक, ७० महिनामै रकम डबल हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ७० महिनामै रकम डबल हुने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ ।

१० हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी हुने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ खोल्न सक्नेछन् । ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै यो योजना सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री