काठमाडौं उपत्यकामा पर्यटन पुनरुत्थान गर्ने मन्त्रालयको तयारी

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौं उपत्यकाको पर्यटन पुनरुत्थानको तयारी थालेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उपत्यकाका स्थानीय तहहरुको सामूहिक प्रतिवद्धता अनुसार पर्यटन पुनरुत्थानको तयारी थालिएको बताए ।

पर्यटन पुनरुत्थानका लागि मन्त्री श्रेष्ठले सहकार्यलाई पहिलो शर्तका रुपमा अघि सारेका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले पर्यटन व्यवस्थापनमा एकीकृत योजना र सरोकारवालाबीचको समन्वयमा समस्या देखिएको बताए ।

“उदाहरणका रुपमा पर्यटन रुटमा शौचालय निर्माण गर्न बजेट विनियोजन गरिएको देखिन्छ । तर, त्यस ठाउँमा जग्गा छ कि छैन बजेट विनियोजन गर्दा थाहा हुँदैन,” उनले भने, “पर्यटकका लागि होम स्टे बनाउनु पर्छ । काठमाडौं कुनै समय पाहुनाका होमस्टेमा प्रख्यात थियो । जात्रा पर्वका अवसरमा मन्दिरमा मात्र नभइ आउनेजाने बाटोमा पनि रङ्ग लाउनु पर्छ । खुला क्षेत्रमा पार्क बनाउनुपर्छ ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस