सिद्धार्थ बैंकको नाफा तीन अर्बभन्दा बढी

काठमाडाैं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ। १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी र २१ अर्ब ९१ करोड रुपैयाँ इक्विटी रहेको यस बैंकले आफ्ना शेयरधनीहरूलाई २५.७१ प्रति शेयर आम्दानी दिनसफल भएको छ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोड रुपैयाँ नेपाल सरकारको राजस्वमा योगदान पुर्‍याएको बताएको छ।

बैंकले आर्थिक वर्ष २०७८/७९ सम्ममा १ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८६ अर्ब कर्जा प्रवाह गरेको छ।

यस्तै आर्थिक वर्षमा मा लाख ५० हजारभन्दा बढी नयाँ ग्राहकहरू बैंकिङ सेवामा आबद्ध गरी कुल १४ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

यसै गरी बैंकले छ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई मोबाईल बैंकिङ सेवा, पाँच लाख ४५ हजारभन्दा बढी ग्राहकहरूलाई डेबिट कार्ड सेवा र ३० हजारभन्दा बढी ग्राहकहरूलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको छ।

आफ्नो लगानीलाई उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, उर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको बैंकले बताएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ सेवा, एक हजार सात सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्टमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस