फाइल फाेटाे

एनआइसी एसियाको एटिएमबाट चोरी गर्न खोज्ने पक्राउ

काठमाडाैँ । पोखरामा एटीएम फटाएर पैसा चोरी निरन्तर भइरहेको छ । पोखरा २६ को एनएमबी बैंकको एटीएम फुटाएर पैसा चोरेको भिडियो भाइरल भइरहेको अवस्थामा अहिले पुनः पोखरा १७ को एनआइसी एसिया बैंकको एटिएमबाट चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

शुक्रबार एटीएम फुटाएर चोर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका ३ का २३ वर्षीय कृष्ण विक पक्राउ परेका हुन् । उनले यसअघि पनि माछापुच्छ्रे बैंकको एटीएम फुटाएका थिए । सोही मुद्दामा कैद भुक्तान गरेर निस्किएका उनी पुनः पक्राउ परे ।

गएको माघ ८ गते माछापुच्छ्रे बैंकको एटिएम मेसिनबाट पैसा चोरेर पक्राउ परेका उनी ३ महिना कैद भुक्तान गरेर वैशाखमा छुटेका थिए । विकलाई ७ को म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस