काठमाडौँ । ‘कुमारी आमा’ भनेर चिनिने सोनाली कुमारी सिंह (निहारिका) पक्राउ परेकी छन् । उनलाई आइतवार सर्वोच्च अदालत अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।
राज्यसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनी श्रावण २० गते सिंहदरबार दक्षिणी गेट अघि काखे बालक च्यापेर उनी एकजना सहयोगी सहित अनसन बस्न पुगेकी थिइन् । निषेधित क्षेत्रमा अनसन बसेको भन्दै प्रहरीले उनलाई गिरफ्तार गरी वसन्तपुर लगेर छाडेको थियो ।
त्यसपछि वसन्तपुरमा अनसनरत उनी, आज सर्वोच्च अघि ‘न्याय माग्न’ पुगेकी थिइन् । प्रहरीले आज फेरी उनलाई पक्राउ गरी वसन्तपुर नै लगेर छाडेको छ । आफ्नो माग पूरा नभए अनसन स्थलमा प्राण त्याग गर्ने समेत उनले चेतावनी दिएकी छन् ।
तपाईंको प्रतिकृया




