‘मेलान्ज फेसन स्टोरको दशमा अफर’

काठमाडौं । मेलान्ज फेसन स्टोरले नयाँ अफर ल्याएको छ । मेलन्जले साउन २१ गतेबाट सिमित अवधीका लागि दश हजार रुपैयाँको खरिदमा दश हजार नै क्यास व्याकको अफर लिएर आएको हो ।

यो योजनामा ग्राहकले दश हजार वा सो भन्दा माथिको खरिद गर्दा दश हजार क्यास व्याक पाउन सकिनेछ । पाँच हजारको खरिदमा २५०० र सो भन्दा कमको खरिदमा पनि विभिन्न योजना रहेको छ ।

यो योजनामा केही सर्तहरु रहेका छन् । जसअनुसार ग्राहकले समान खरिद गर्दा एकै प्रकृतिको समान वा एकै डिजानइको समान धेरै सख्यामा खरिद गर्न भने मिल्ने छैन ।

२०१७ को जनवरीबाट सुरु भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाडौंको कमल पोखरी सिटी सेन्टरमा रहेको छ । शाखा आउटलेटहरु काठमाडौंकै गल्फुटार र पेप्सिकोलामा रहेको छ । साथै इटहरी, नेपालगंज र धनगडीमा पनि रहेका रहेको छ ।

मेलान्जमा विभिन्न उमेर समूहका महिला, पुरुष र बच्चाहरुका लागि लुगाकपडा र अन्य फेसनका समानहरु पाइन्छ । हरेक आउटलेटमा एकै खाले समान र सुपत मूल्य तथा मोल मोलाई गर्नु नपर्ने मेलान्जको विषेशता रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री