साढे १० लाखको गहनासहित युवक पक्राउ

काठमाडाैँ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट चोरिएका झण्डै साढे १० लाख रुपैयाँ बराबरका सुनचाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय लक्ष्मण विकको पसलबाट चोरिएका सुनचाँदीका गहनासहित प्रहरीले चतराकै २६ वर्षीय अनिल बराइलीलाई पक्राउ गरेका हो ।

शुक्रबार राति-एक तलाको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय (चतरा) र इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) बाट प्रहरी टोली खटिएको थियो । घटना अनुसन्धानका क्रममा शुक्रबार राति साढे २ बजे शंका लागेर स्थानीय अनिल बराइलीको घरभित्र खानतलासी गर्दा प्रहरीले चोरिएका सुनचाँदीका गहना बरामद गरेको हो ।

बराइलीले दराज पछाडि कालो झोलामा लुकाएर राखेको अवस्थामा चोरीका सुनका गहना ६ तोला ८३ लाल र चाँदीको गरगहना २९७ तोला बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद गहनाको मूल्य १० लाख ४० हजार ५९० रुपैयाँ अनुमान गरिएको प्रहरीले जनाएको छ । चोरिएका सुनका गहनासहित बराइलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) ले थप अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस