यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । प्रदेश-१, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको विभागले केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस