मंसिर ४ मा निर्वाचन गर्ने सरकारकाे निर्णयकाे एमालेद्वारा स्वागत

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मंसिर ४ मा निर्वाचन गराउने सरकारकाे निर्णयकाे स्वागत गरेकाे छ । अध्यक्ष केपी शर्मा ओलीले याे मिति अपेक्षित र स्वाभाविक रहेकाे प्रतिक्रिया दिएका छन् ।

बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले चुनावकाे मिति घाेषणा गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सरकारकाे याे निर्णयकाे स्वागत गरेका हुन् । ‘ठिक छ मिति । याे अपेक्षित र स्वाभाविक मिति हाे,’ उनले भनेका छन् ।

उनले निर्वाचन निष्पक्ष र भयरहित निर्वाचनमा माग सरकारसँग गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री