सिटिजन्स बैंकका ग्राहकलाई राजी क्लिनिककाे सेवामा छुट

काठमाडौं । सिटिजन्स बैंकले रुपन्देहीस्थित राजी क्लिनिकबाट प्रवाह हुने सेवामा आफ्ना ग्राहलाई छुट दिलाउन सम्झौता गरेको छ । उक्त क्लिनिकबाट प्राप्त हुने सेवामा छुट दिलाउन बैंकले समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले राजी क्लिनिकमा गरिने स्वास्थ परीक्षणहरूमा २० प्रतिशत र फार्मेसी सेवामा सात प्रतिशत छुट पाउनेछन् । त्यसैगरी ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छुट दिइने बताइएको छ । यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परीक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् । दीर्घ रोगीहरूका लागि घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ ।

यो सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गर्नुका साथै डिजिटल बैंकिङ सभ्यताको विकास हुने बैंकको विश्वास छ । हाल सिटिजन्स बैंकले १८० शाखा, १३२ एटीएम र ९६ शाखारहित बैंकिग इकाईमार्फत सेवा दिँदै अएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री