काठमाडौं । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कनकाई नगरपालिकाको कार्यालयमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरूको सहभागिता रहेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीहरूलाई आफ्नो व्यापार व्यवसाय प्रवद्र्धन गर्न थप हौसला दिएको बताए ।
नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र क्यूआर कोडले व्यवसायमा पुर्याउने योगदानका विषयमा प्रष्ट पारे ।
सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।



