७९ जना चढेको श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपतकालीन अवतरण

काठमाडौँ । नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि जहाज फेरि नेपालगन्ज फर्किएको हाे ।

एयरलाइन्सको ९ एन-एएनएफ जहाजमा समस्या आएपछि नेपालगञ्ज फर्काएर आपतकालीन अवतरण गरिएको नेपालगञ्ज विमानस्थल कार्यालयले जानकारी दिएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु थिए ।

जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ भने अहिले जहाज पार्किङमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हैसियत भएका दलहरू मिलेर बनेको सरकार हो, ढल्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता इतिहास र हैसियत …

प्रतिकृया दिनुहॊस