काठमाडौँ । सीताराम गोकुल मिल्क्स काठमाडौँ प्रालिले सीताराम दूध तथा दुग्धजन्य उत्पादन बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा सञ्चालमा आएको छ । दूध तथा दूग्धजन्य पदार्थ उत्पादन र बिक्री वितरणको २७ वर्ष पुगी २८ वर्ष प्रवेशको यो अवसरमा सीताराम डेरीको चौथो तथा आफ्नै दोस्रो बिक्री केन्द्र हो ।
कीर्तिपुरको नयाँबजारमा खुलेको बिक्री केन्द्रको उद्घाटन बरिष्ठ हास्य अभिनेत्री, सफल निर्देशक एवं नायिका दिपाश्री निरौला, बरिष्ठ हास्य कलाकार, निर्देशक एवं नायक दिपकराज गिरी र हास्य कलाकार जीतु नेपाल मुन्द्रेले संयुक्त रुपमा गरे ।
उद्घाटन समारोहमा बोल्दै बरिष्ठ कलाकार दीपकराज गिरीले भने– ‘सीताराम नामै काफी छ, ब्राण्डै काफी छ जब कुनै पनि ब्राण्ड स्थापित भइसकेपछि त्यो ब्राण्डलाई गुणस्तरीय उत्पादन गर्दै दीर्घकालसम्म निरन्तर रुपमा यसरी आम ग्राहकमाझ विभिन्न माध्यमबाट उपलब्ध गराउनु भनेको ब्राण्डको आयु अझ मजबुत हुँदै जानु हो । यतिको बर्षसम्म यसरी बजारमा स्थापित सीताराम ब्राण्डसँग जोडिन पाउँदा मलाई गर्व महसुस भएको छ ।’
कार्यक्रममा अभिनेता दिपाश्री निरौलाले सीताराम दूधको उक्त बिक्री केन्द्र विशेष दिन(नागपञ्चमी)को अवसर पारेर शुभारम्भ गरिएकोमा सफल हुने भन्दै आफू उक्त ब्रान्डसँग जोडिन पाउँदा खुसी लागेको बताइन् ।
कार्यक्रममा हास्य कलाकार एवं नायक जीतु नेपाल मुन्द्रेले सिताराम दूधसँग आफू शुरुदेखि नै जोडिएको र आजको दिनसम्म म यही सँगसँगै रहन पाउँदा र आज पनि ब्राण्ड सँगै रहन पाउँदा बढी जिम्मेवारी महसुस भएको बताए ।
कीर्तिपुर बिक्री केन्द्रबाट सीताराम दूध तथा यसबाट बनेका विभिन्न उत्पादन गुणस्तरीय र ताजा पाउने कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष सुमित केडियाले आफूहरुले विगत २७ वर्षदेखि गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको बताए । ‘हामी यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ उनले भने, ‘अब हामी चाँडै नै हाम्रो बिक्री केन्द्र अन्य स्थानमा पनि फ्रन्चाइज मोडलमा र विशेष मोडलमा खोल्दै हाम्रा उत्पादनको पहुँच आम ग्राहकसमक्ष पुर्याउने बताए ।
साथै सीताराम दुधको बिक्री केन्द्र खोलेको अवसरमा सीतारामका हरेक उत्पादनमा साउन महिनाभर ५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।
प्रतिकृया दिनुहॊस