नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिवसीय ‘बिजनेस एक्सिलेसन कन्फ्रेन्स’ चितवनको सौराहामा सम्पन्न गरेको छ । यही साउन १३ देखि १५ गतेसम्म ‘अ बोउन्स ब्याक यर २०७९/८०’ नारासहित उक्त सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । सम्मेलनको उद्घाटन सञ्चालक विमलप्रसाद ढकालले गरेका थिए । उनले कर्मचारीहरूले आमनागरिकको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए ।

कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरूलाई गएको आर्थिक वर्षको कार्यसम्पादनका लागि धन्यवाद दिँदै चालु आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समीक्षा गर्दै चालु आवमा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए । हाल कार्यरत जोन प्रमुखहरू, क्षेत्रीय प्रमुखहरूलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरूले सम्मेलनमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस