काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एपोलो डाइग्नोस्टिक केन्द्रबीच सम्झौता भएको छ । सिटिजन्स बैंकको कार्डहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार बैंकका कार्डहरूले एपोलो डाइग्नोस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धी जाँच र हेल्थ प्याकेजहरूमा १५ प्रतिशतलसम्मको छुट पाउने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




