सिभिल बैंकका ग्राहकलाई छुटै छुटको वर्षा

काठमाडाैं । सिभिल बैंकले विभिन्न साझेदारहरूसँगको समन्वयमा ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ ।

बैंकका ग्राहकहरूले ४० साझेदारहरूबाट विभिन्न वस्तु तथा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरू पाउने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकले विराट मेडिकल कलेज (मोरङ), निम्स नेशनल हस्पिटल (झापा), बिर्ता आई केयर(झापा), अन्नपूर्ण केबलकार, अतिथि रिसोर्ट एन्ड एसपीए (पोखरा), सानेपा डिलाइट, लक्ष्मी हेयर एण्ड ब्युटी, बगैंचा स्टेक एण्ड ग्रिल बार, भिन्तुना नेवा किचन लगायतका ४० साझेदारहरूसँग ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको बताएको छ ।

बैंकले आगामी दिनहरूमा यसको परिधि बढाई अन्य संघ संस्थाहरूसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्टले जानकारी दिए । करिब आठ लाख ग्राहकहरूलाई ११५ शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरू र ९९ एटिएम रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री