जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरिएकाे हाे ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतले जनाएको छ ।

करका दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि संसदीय विशेष समिति बनेको थियो । समितिले छानबिनले शर्मा निर्दोष भएको निष्कर्ष निकालेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनचाँदीकै मूल्यले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । मंगलबार सुनको मूल्य …

प्रतिकृया दिनुहॊस