एसपीपीको च्याप्टर क्लोज भयो, भविष्यमा गम्भीर बनौं : महामन्त्री शर्मा

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई पठाएपछि अब यो अध्याय अन्त्य भएको बताएका छन् ।

तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माणमा गम्भीर हुन उनले सबैलाई आग्रह गरेका छन् । एसपीपीमा सहभागी नहुने नेपाल सरकारको पत्र अमेरिकाले प्राप्त गरेको समाचार आएपछि कांग्रेसका महामन्त्री शर्माले आज विहान सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

शनिबार शर्माले आफ्नो ट्वीटरमा यसबारे लेखेका छन्, ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो ञच्याप्टर क्लोजझत भयो । तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं ।’ यस्तै शर्माले परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभएर देशलाई केन्द्रमा राखेर अगाडि बढ्न पनि आग्रह गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस