तरकारी बोकेको ट्रकमा १५६ किलो गाँजा, भारत लैजाँदै गर्दा पक्राउ

काठमाडाैँ । तरकारी बोकेर भारत जाँदै गरेको ट्रकबाट सशस्त्र प्रहरीले ६ बोरा गाँजा बरामद गरेको छ । शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले १५६ किलो (६ बोरा) गाँजा बरामद गरेको हो ।

बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १-०२- ००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजन भेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । गाडीमा ४६ बोरा बन्दा कोपी र ६ बोरा गाँजा भेटिएको हो । गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका-३ का २९ वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार संखुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा राखिएको थियो । पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि सहकारीमा ९४ करोड २३ लाख अपचलन गर्ने अध्यक्ष र सञ्चालक पक्राउ, नम्बर र लोकेसन बदल्दै बस्थे

काठमाडौं । बचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार …

प्रतिकृया दिनुहॊस