एनआईसी एशिया बैंकको खातामा मेसिनबाट नगद जम्मा गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले सोझै मेसिनबाट बैंक खातामा नगद जम्मा (डिपोजिट) गर्न सकिने सेवाको सुरु गरेको छ । ग्राहकले बैंकमा गई कुनै भौतिक फारमविना खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएका बैंकले जनाएको छ । बैंकले सुरु गरेको नवीन सेवा मार्फत ग्राहकले सहज रुपमा बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सकिने छ ।

उक्त मेसिनबाट बैंक खातामा एक हजार र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने बैंकले जनाएको छ । ‘एक पटकमा अधिकतम ९९ हजार ५०० गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिनेछ ।

बैंकका अनुसार उक्त नयाँ सेवाबाट नगद जम्मा गर्न मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ‘वान टाइम पासवर्ड’ ओटीपी प्राप्त हुन्छ । उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार न्यूरोडस्थित विशाल बजार शाखामा उक्त सेवा सञ्चालनमा आएको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गरिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ …

प्रतिकृया दिनुहॊस