एनआईसी एशिया बैंकले ल्यायो ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ (भिडिओसहित)

काठमाडौँ । एनआईसी एशिया बैंकले अतुलनीय फाइदासहितको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सार्वजनिक गरेको छ। देशको दूरदराजमा रहेका लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दति रकम फिर्ता हुने योजना ल्याएको हो ।

यो निक्षेप योजनामा उच्च प्रतिफलका साथमा ५ वर्षका लागि रु. ८४ लाखसम्मको बीमा सुविधा रहेको छ । यसका साथै यो योजनामा ग्राहकले रु. ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा सुविधा पाउने बैंकले जनाएको छ ।

यस योजनाका बारेमा ग्राहकलाई थप प्रस्ट पार्न जानकारीमूलक भिडिओसमेत तयार पारेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवा विकास बैंकको १ लाख कित्ता सेयर लिलामीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कामना सेवा विकास बैंकको एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ। बैंकले १ …

प्रतिकृया दिनुहॊस