बजारमा नयाँ उत्पादन उपलब्ध गराउने हिताचीको घोषणा

काठमाडाैँ । हिताचीले नेपाली बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीका अधिकृत डिलर र युनिभर्सल इलेक्ट्रोकमका प्रतिनिधिहरुलगायतको उपस्थितिमा मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेर यस्तो घोषणा गरेको हो ।

कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको हो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युमक्लिनर समावेश छन् । कार्यक्रममा हिताचीका रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो ।

हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह सेवा पनि दिने प्रतिज्ञा गरेको छ । हरेक नेपाली घरपरिवार माझ नयाँ प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरीयता सुनिश्चित गर्ने दावी गरेको छ ।

रमेश कर्पकाकार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, ‘हामी नेपालकाहाम्रा सबै ग्राहककालागि गुणस्तरीय उत्पादनलाइनअप र बिक्रीपछिको सेवा सुनिश्चितगर्न कडाइका साथकामगर्नेछौं ।’ हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन तथा गुणस्तरीय सेवामार्फत नेपालको घरेलु उपकरणको बजारलाई बलियो बनाएको उनको भनाई छ ।

रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो । उक्त कार्यक्रममा एएचएसजीका प्रबन्ध निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविनथाम उपस्थित थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस