काठमाडौँ । करका दर हेरफेर प्रकरणमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित भएका छन् । समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गर्दै समितिको निष्कर्ष निकालेको बताए ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोप लागेका शर्माले कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले उनी निर्दोष रहेकाे निष्कर्ष निकालेको हो । समितिको १७ दिने कार्यावधिमा २३ बैठक बसेर ७५ घण्टा काम गरिएको सभापति कर्णले जानकारी दिए ।
अनधिकृत व्यक्तिले करका दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्री शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए।
तपाईंको प्रतिकृया




