सिटिजन्स बैंकको काठमाडौं उपत्यकामा थप तीन शाखा सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकामा तीनवटा शाखा विस्तार गरेको छ ।

बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेलमा गरी थप तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ ।

नयाँ तीन शाखा सञ्चालनमा आएसँगै उपत्यकामा बैंकको ३५ वटा शाखाहरू र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरू पुगेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री