लुम्बिनी विकास बैंक र एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिबीच सम्झौता

काठमाडौँ । लुम्बिनी विकास बैंक र एमए डब्लु अटो कर्प प्रालि तथा एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिबीच फोटन र चङ्न ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकलाई लगानी गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमए डब्लुअटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरे । सो सम्झौतापत्रमा उल्लेख भएअनुसार उक्त सुविधा ग्राहकले बैंकको सबै शाखाबाट लिन सक्नेछन् ।

लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखामार्फत सेवा दिँदै आएकोे छ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देशभर रहेकाे १३ वटा शोरुममार्फत खरिद गर्न सक्नेछन् ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस