एसइईको नतिजा आज : ३५ अंक नल्याए वर्गीकृत नगरिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गर्ने भएको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

गत बैशाख ८ गते सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६८१ विद्यार्थीहरु सहभागी भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ ब्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा
नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री