सुनिताले ल्याइन् ‘यो रमाइलो तिजैमा’

काठमाडौँ । सुनिता दुलालको ‘यो रमाइलो तिजैमा’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार सुनिता दुलाल युट्युब च्यानलमार्फत गीतलाई स्रोता/दर्शकसमक्ष ल्याइएको हो ।

उन्नती बोहोरा ‘शीला’ को शब्दमा शम्भुजित बास्कोटा संगीत भरेको यो गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले यो गीतको मिक्सिङ/मास्टरिङको काम गरेका हुन् । गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर,मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय रहेको छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन तथा सिमोन लामाले भिडियोलाई कलर गरेका हुन् । राइज मिडिया नेटवर्कले यो भिडियोको पोष्ट प्रोडक्सन गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री