काठमाडाैं । पोखरामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । लेक साइड स्थित एक होटेलमा ती युवतिमाथि सामूहिक बलात्कार भएको उजुरी आफैले दिएकी हुन् । इटहरी घर भएकी ती युवतीलाई २ पुरुषले बलात्कार गरेको आरोप छ ।
बलात्कार आरोपमा नुवाकोट बेलकोटगढीका मधुसूदन पाण्डे पक्राउ परेका छन् । अर्का आरोपी राजु रावत फरार छन् । युवतीले असार २२ गते आफूमाथि बलात्कार भएको आरोपमा काठमाडौँको मालिगाउँ प्रहरी वृत्तमा जाहेरी दिएकी हुन् ।
उजुरीपछि पाण्डेलाई पक्राउ गरिएको हो । घटना कास्कीमा भएकोले पाण्डेलाई कास्की प्रहरीमा बुझाएका कास्की प्रहरीका निमित्त प्रमुख सुन्दर तिवारीले जानकारी दिए ।
तपाईंको प्रतिकृया




