मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर बर्षा लगातारजसो बर्षा भइरहेको छ । अहिले  पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् । अहिले लुम्बनी र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिएकी छन् ।

यसअन्तर्गत राजधानी काठमाडौंका पनि एक-दुई स्थानमा वर्षा भइरहेको उनले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण छ अर्थात् नेपाल नजिक छैन । जसले गर्दा ठूलो वर्षाको सम्भावना हुँदैन ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । यस क्रममा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । यस क्रममा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश-१ का एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताइन् ।

मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री