मेगा बैंकले ल्यायो ‘एक-से-एक बचत खाता’

काठमाडाैं – मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ। मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजंघा र ल्होत्से गरी तीनवटा हिमालको नामकरण गरी फरक फरक सुविधाहरु ल्याएको हो।

यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ।

यसैगरी, यी तीनैवटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ–कमर्स रजिष्ट्रेसन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ। यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ। मेगा बैंकका देशभरकै २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजनाअन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after