संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयको १० बुँदे आग्रह, मास्क अनिवार्य

काठमाडौँ । नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० बुँदे आग्रह जारी गरेको छ । मन्त्रालयले बिहीबार मास्क अनिवार्य लगाउनुपर्ने भन्दै १० बुँदे आग्रह जारी गरेको हो ।

सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी अनुरोधमा भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरिएको छ । विमानस्थल, हवाई, सार्वजनिक यातायात, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न अनुरोधमा भनिएको छ ।

खोप नलगाएकाहरूलाई लगाउन पनि आग्रह गरिएको छ । नेपालमा बिहीबार चार सय ३५ जनामा कोरोना देखिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस