प्रतिनिधि सभा बैठक आज, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज  पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप