एटीएम फुटाएर १५ लाख चोरी

काठमाडाैं । पोखरामा एटिएम फुटाएर १५ लाख चोरी भएको छ । पोखरा २६ अर्घौंचोकमा रहेको एनएमबी बैंककते एटिएम मेसिन फुटाएर चोरी भएको हो ।

मध्यरातमा अज्ञात समूहले मेसिन फुटाएर रकम चोरेका कास्की प्रहरीले जनाएको छ । बैंकको सिसिटिभी फुटेजमा एटिएम कोठामा पसेर १५/२० मिनेटमा सामान्य तरिकाले लक खोलेर त्यहाँ रहेका पैसा निकालेको देखिएको छ ।

पैसा निकालेर बकस अर्घौंचोक पछाडि फालिएको छ । बैंकले अघिल्लो दिन १७ लाख एटिएममा राखेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री