तोलामा एक हजारले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य बुधबार ९३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस