सिन्धुपाल्चोकमा बाढीले सडक बगायो, यातायात बन्द

काठमाडाैँ । लगातारको बर्षापछिको बाढी र पहिरोले सिन्धुपाल्चोकको ठाउँ-ठाउँमा सडक भत्काउँदा राजधानी काठमाडौं आउने यातायात बन्द भएको छ ।

हेलम्बु-काठमाडौं सडकअन्तर्गत ग्याल्थुममा पहिरो खसेको छ भने बाढी पसेर सडक भत्काएको स्थानीयले जानकारी दिएका छन् । जसका कारण काठमाडौंबाट सिन्धुपाल्चोक जाने तथा सिन्धुपाल्चोकबाट काठमाडौं आउने सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

हिजो बेलुकादेखि मेलम्चीमा नदीमा बाढी बढेको र ग्याल्थुममा पहिरो गएको स्थानीयले जानकारी दिएका छन् । चौतारा र काठमाडौं जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन्, सडकमा बाढी पसेको छ, सडक भत्काएको छ । सिमखेत भन्ने स्थानमा सडक नै बगाएको स्थानीयले जानकारी दिएका छन् । यस्तै बर्षाका कारण र चनौटे बजारमा पनि बाढी पसेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री