दैलेखको दुल्लुमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु

काठमाडाैँ । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री